२ कार्तिक २०८३, सोमबार

त्रिदेशीय कपको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशालामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय कप फुटबलको फाइनलको नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर हेरेका छन् ।

कीर्गिस्तानको, नेपाल र बंगलादेश सहभागी खेलको फाइनलमा शीर्ष दुईमा रहेका टोली पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले बल रेफ्रिलाई हस्तान्तरण गर्दै फाइनल खेलको उद्घाटन गरेका थिए ।

समूह चरणका खेलमा बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले खेलको पहिलो हाफमै २ गोल गरेर अग्रता लिइसकेको छ ।