
काठमाडौं, १६ चैत । सरकारले विद्यालय तथा कलेजहरु केही दिनका लागि बन्द गर्ने तथा सवारीसाधनमा जोर–बिजार प्रणाली लागू गर्ने सम्भावना बढेको छ ।
केही दिन यता काठमाडौंलगायत देशैभर एकाएक बढेको खतरनाक वायु प्रदुषणका कारण सरकारले यस्तो तयारी गरेको बताइएको छ । अहिलेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने भएकाले शिक्षा संस्थाहरु बन्द गरिनाका साथै थप प्रदुषण बढ्न नदिन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी भइरहेको हो ।
शनिबारको तुलनामा आइतबार प्रदूषणमा सामान्य सुधार भए पनि आइतबारको प्रदूषण मानव स्वास्थ्यका लागि अत्यन्त घातक रहेको वातावरण विभागको भनाइ छ । आज सोमबारसम्म प्रदूषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ ।
सोही कदमअन्तर्गत सवारी साधनमा जोर–बिजोर प्रणाली लागू, स्कूल कलेज बन्द गर्नेलगायत हुनसक्ने विभागले बताएको छ । शुरुमा वातावरण विभागले सरकारलाई यसबारे सुझाव दिने तर सरकारले आवश्यक निर्णय गरी लागू गर्ने बताइएको छ ।
बिहान र राति जमिनको सतहमा रहेको हावा माथि नजाने भएकाले बिहानबेलुका घरबाहिर ननिस्किन समेत विभागले आग्रह गरेको छ ।















प्रतिक्रिया