५ कार्तिक २०८३, बिहिबार

२०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । आज सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य केही घटेको छ ।

सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले बढेर आज प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय िमहासंघले जानकारी दिएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ निर्धारण गरिएको महासंघको भनाइ छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले कमी आएको छ । जसअनुसार आज प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य १ हजार २३० रुपैयाँ थियो ।