५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीले थ्री नेशन्स कपको फाइनल खेल रंगशालामै गएर अवलोकन गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । आज सोमबार साँझ ५ बजेदेखि दशरथ रङ्गशालामा हुने थ्री नेशन्स कपको फाइनल खेल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रङ्गशालामै जाने भएका छन् ।

किर्गिस्तान यू–२३ टिमसमेतको सहभागितामा एन्फाले आयोजना गरेको थ्री नेशन्स कपको फाइनल खेल आज साँभm साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ । फाइनल प्रतिस्पर्धामा नेपाल र बंगलादेशबीच खेल हुँदै छ ।

सोही खेल हेर्न प्रत्रानमन्त्री ओली रङ्गशाला जाने बताइएको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री रङ्गशाला जान लागेका हुन् । ओली खेल अवधिभर रङ्गशालामा रहने समेत बताइएको छ ।