६ मंसिर २०८३, आइतबार

तराईका जिल्लाहरूमा आज होली पर्व मनाइँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । तराईका जिल्लाहरूमा आज होली पर्व मनाउन लागिएको छ ।

परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ । सरकारले होली पर्वकै अवसरमा तराईका जिल्लाहरूमा बिदा दिएको छ ।

होली मनाउनका लागि प्रदेश २ सरकारले विदा दिएको छ । होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बताइन्छ ।