
काठमाडौँ, १५ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ सयको परीक्षण गर्दा गत २४ घण्टामा थप ८५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ९५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७२ हजार ५ सय ३० जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८२ जना रहेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेहरुमा उपत्यकाका ७३ प्रतिशत रहेका मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख ५९ हजार ४५ जनाको पीसीआर परीक्षण भइसकेको छ ।












प्रतिक्रिया