
काठमाडौं, १५ चैत । बृद्धबृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नका लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यले पञ्चकन्या फाउण्डेशन र अजिसबीच नीतिगत सम्झौता भएको छ ।
गत आइतबार भएको साझेदारीको मुख्य उद्देश्य भनेको युवा पुस्ता र बृद्धबृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्राचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पुर्याउनु रहेको बताइएको छ । प्रत्येक श्रृङखलाले पाको उमेरका बुढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाई बारेमा भावी पिढीलाई त्यसतर्फ प्रोत्साहित गर्न यो सम्झौताले सहयोग गर्दछ । यसको प्रत्येक श्रृङखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ ।
यसको विस्तृत जानकारी तथा सहयोगी बन्नका लागि सुन्न र सबस्क्रयाब गर्नका लागि अजिस पोडकास्ट एप डाउनलोड गर्नुपर्ने बताइएको छ । साथै युट्युब, एप्पल पोडकास्ट, स्पोटीफाई, गुगल पोडकास्ट, ट्युनईन, तथा स्टिट्चरहरुमा पनि यो श्रृ.खला उपलब्ध छ ।
पञ्चकन्या फाउण्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखिनै अग्रणी रुपमा रहदै आएको छ । अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नकालागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रबद्र्धन गर्न मद्दत पुर्याउने संस्था हो ।















प्रतिक्रिया