
दाङ, १५ चैत । शिकारलाई ताकेको गोलीको छर्रा लागी दाङमा एक जना पुरुषको ज्यान गएको हो ।
घोराही उप–महानगरपालिका–१२ चम्पाखेल भलानेरीस्थित सृजना सामुदयिक वनमा जङ्गली जनावरको शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट निस्किएको गोलीको छर्रा लागी सोही पालिकाको भ्युटावर टोल बस्ने ५१ वर्षीय टेकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनामा संलग्न घोराही उपमहानगरपालिका–१३ का ३५ वर्षीय मधु शर्मा र भीम घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । शिकार खेल्दा प्रयोग भएको एक थान भरुवा बन्दुकसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।















प्रतिक्रिया