९ कार्तिक २०८३, सोमबार

पाल्पामा जंगलको आगो निभाउन खोज्दा सिंजालीको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, १५ चैत । पाल्पा जिल्लामा जंगलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा ६५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको छ ।

शनिबार अपरान्ह चार बजे माथागढी गाउँपालिका– ४ स्थित दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिंजालीको जलेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

सिंजालीको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरीको टोली खटिएको थियो । सिंजालीको जलेर मृत्यु भएको विषयमा पाल्पा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।