८ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई महन्थ ठाकुरले भनेः तपाईंको पीडा सरकारको लागि हो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पीडा सरकारका लागि भएको बताएका छन् ।

शुक्रबार वृहत नागरिक आन्दोलको कार्यक्रममा सम्बोधन गर्दै उनले सबैभन्दा बढी ओली सरकारलाई प्रचण्डले समर्थन गरेको र दोष आफूहरुमाथि आएको बताए ।

उनले आफूहरुको माग अधिकारका लागि भएको भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मागको विषयमा भेटेको पनि प्रष्ट पारे । उनले आफूहरुले नेकपा माओवादी केन्द्र र प्रचण्डको विरोध नगरेको पनि बताए ।

उनले प्रचण्डलाई प्रश्न गर्दै भने, ‘कुन ठाउँमा हामीले तपाईंको विरोधमा गएका हौं । तपाईंको पीडा र हाम्रो पीडा फरक रहेको छ, तपाईंको पीडा सरकारको लागि हो भने हाम्रो पीडा अधिकारका लागि हो ।’