५ कार्तिक २०८३, बिहिबार

दम्भ, अहंकार र घमन्डलाई पचाएर भए पनि पार्टी बचाउन लाग्छौं : झाँक्री

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अहंकार र घमन्डलाई पचाएर भए पनि पार्टी बचाउने संकल्प लिएको बताएकी छन् ।

आज शनिबार एक ट्वीट गर्दै उनले पार्टीभित्र र बाहिर दलाल पूँजीवादको विरुद्धमा लडिरहनुपर्ने भन्दै पार्टी र आन्दोलनलाई विसर्जन हुनबाट बचाउनु अहिलेको मुल दायित्व भएको बताएकी छिन् ।

उनले लेखेकी छन्, ‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैँस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ । लाखौं सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो ।’