५ कार्तिक २०८३, बिहिबार

नयाँ सदस्यता विधानसम्मत गर्न प्रेस चौतारी नेपालको ध्यानाकर्षण

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, १३ चैत । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरण विधानसम्मत नभएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेत सहितको समूहले आज महासंघमा पुगेर विधानसम्मत तरिकाले नयाँ सदस्यताको टुंगो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिका संयोजक कपिल काफ्लेलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।

महासंघको विधानअनुसार नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य सम्बन्धित समितिको निर्वाचन हुनुभन्दा ६ महिना पहिले भइसक्नुपर्ने छ भन्ने व्यवस्था रहेको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा महासंघको विधानमा भएको व्यवस्थाविपरीत मनोमानी ढंगले पक्षधरताका आधारमा आग्रह पूर्वाग्रहका राखी अध्यक्ष र महासचिवले पठाएको नामावली जस्ताको तस्तै प्रकाशन गरेको ज्ञापनपत्रमा छ ।

चौतारीका अध्यक्ष बस्नेतले महासंघको विधानसम्मत ढंगले सदस्यताको टुङ्गो लगाई अन्तिम नामावली प्रकाशन र नयाँ सदस्यता प्रदान गर्न महासंघबाटै तोकिएको विधि टुङ्ग्याउन माग गरे ।

अन्यथा नेपाल पत्रकार महासंघको गरिमा, सदस्यहरुको हक, हित र अधिकार रक्षाका लागि जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी प्रेस चौतारीले दिएको छ ।

समितिका संयोजक काफ्लेले आफूले यसबारेमा अध्ययन गर्ने र महासंघको विधिबाटै नयाँ सदस्यताको टुंगो लगाउने प्रतिवद्धता व्यक्त गरे ।