नयाँदिल्ली, १८ चैत । भारतीय क्रिकेट टिम प्रशिक्षकको जिम्मेवारी पूर्व क्रिकेटर सचिन तेन्दुलकरलाई दिइएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को बैठकले सचिनलाई ३ वर्षे कार्यकालसहित प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बिसिसिआईले कप्तान महेन्द्रसिँह धोनी र उपकप्तान विराट कोहलीको सुझावका आधारमा सचिन बराबर अरु कसैले भारतीय क्रिकेट टिमलाई बुझ्न नसक्ने भन्दै प्रशक्षिक बनाएको हो ।
आगामी अप्रिल ८ देखि सुरु हुने इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिता सकिएपछि सचिनले टिम इण्डियाको प्रशिक्षण सम्हाल्ने बिआइसिसीले जनाएको छ ।
सचिन भारतीय टिमका भरपर्दा पूर्व खेलाडी हुन् । एजेन्सी















प्रतिक्रिया