
काठमाडौं, १३ चैत । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंकले ‘एमबीएल स्मार्ट डलर कार्ड’ सञ्चालनमा ल्याएको छ ।
माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । उक्त कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ई–कमर्श साइटमार्फत अनलाइन भुक्तानी गर्न सक्ने छन् ।
आफ्नो कार्डमार्फत ग्राहकले एकैपटक वा पटक–पटक १ वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सक्ने पनि बैंकले बताएको छ । स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले हालै मात्र नेपाली कमर्शियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको जनाएको छ ।















प्रतिक्रिया