२ कार्तिक २०८३, सोमबार

विश्वकप छनोट फुटबलमा जर्मनीको विजयी सुरुवात

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जर्मनी, १३ चैत । जर्मनीले विश्वकपअन्तर्गत युरोप छनोट फुटबलमा विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको खेलमा जर्मनीले आइसल्यान्डलाई पराजित गरेको हो । घरेलु टिम जर्मनीले आइसल्यान्डलाई ३–० गोलले पराजित गरेको छ ।

जर्मनीको जितमा लेओन गोरेट्जका, काइ हाभर्टज र इल्के गुण्डोगानले गोल गरे । पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको छ ।

खेलको दोस्रो मिनेटमा नै गोरेट्जकाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । सातौं मिनेटमा काइ हाभर्टजले गोल गरेपछि खेलको सुरुवातमै जर्मनीले २–० गोलको अग्रता बनाएको थियो ।

खेलको ५६ औं मिनेटमा गुण्डोगानले गोल गरेपछि जर्मनीले आइसल्यान्डलाई ३–० गोलले पराजित गरेको छ । जर्मनी रहेको समूह जे कै अर्को खेलमा रोमानियाले उत्तरी मासेडोनियालाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।