१३ कार्तिक २०८३, शुक्रबार

आठ किलो अबैध सुनसहित दाजुभाई पक्राउ, सुन तस्करीको नयाँ रुट खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold-sun-taskari

काठमाडौँ, १८ चैत । सिन्धुपाल्चोकको जलविरेबाट प्रहरीले ८ किलो अबैध सुन बरामद गरेको छ ।

सिन्धुपाल्चोकको गुम्बा गाविसका लाक्पा शेर्पा र पासाङ शेर्पाको साथबाट प्रहरीले ८ किलो सुन बरामद गरेको सिन्धुपाल्चोकबाट पत्रकार दिनेश थापाले जनाएका छन् ।

पक्राउ परेका लाक्पा र पासाङ दाजु-भाई हुन् । बा २ ख १२०२ नम्बरको बसबाट काठमाडौँ आइरहेको उनीहलाई शंका लागी प्रहरीले खानतलासी गरेको थियो । उनीहरुले कम्मरमा पटुका बाँधेर सुन लुकाएको प्रहरीले जनाएको छ । २०-२० हजार रुपैंया आउने आश्वासनमा आफूहरुले सुन बोकेको उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।

सिन्धुपाल्चोकबाट दिनहुँ सुन तस्करी हुँदै आएको छ । राजमार्गबाट अवैध सुन बरामद हुन थालेपछि तस्करहरुले रुट परिवर्तन गरेको तथ्य प्रहरीले भेटेको छ । प्रहरीका अनुसार, तस्करहरुले चीनको खासाबाट भैरवकुण्ड लेक, वाङगुचे, गुम्बा गाविस हुँदै काठमाडौँमा सुन भित्र्याउन थालेका छन् ।