९ कार्तिक २०८३, सोमबार

राजश्व छलि सूर्तिजन्य पदार्थ कारोबार गर्ने दुई जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १२ चैत । राजश्व छलि गरी सूर्तिजन्य पदार्थको कारोबार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट २ जनालाई वुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने महोत्तरी गौशला नगरपालिका–२ का ४४ वर्षीय मदन साह रौनियार र काठमाडौं महानगरपालिका–८ कुमारीगाल बस्ने भारत जेजौली घर भएका ४५ वर्षीय श्रवन कुमार सिंह रहेका छन् ।

नेपाल तथा भारतमा तयार गरेका सूर्तिजन्य पदार्थ लगायतका सामानहरु भन्सार एवम् राजश्व छलि गरी ल्याई कोटेश्वर एवम् कुमारीगाल लगायतका स्थानमा गोदाममा भण्डारण गरी कारोबार गर्ने गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमध्ये रौनियारलाई करिब ७ लाख ९० हजार रुपैयाँ बराबरको पानमसला, सूर्ति, राजनिवास लगायतका सूर्तिजन्य पदार्थसहित काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट र श्रवनलाई करिब ८ लाख रुपैयाँ बराबरको शुद्धप्लस, रजनिगन्धा सूर्ति लगायतका पदार्थसहित काठमाडौँ महानगरपालिका–८ कुमारीगालबाट प्रहरीले बरामद गरी पक्राउ गरेको हो ।

दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।