५ कार्तिक २०८३, बिहिबार

१० तले नयाँ कर्पोरेट भवन बनाउँदै आयल निगम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाल आयल निगमले १० तलाको नयाँ कर्पोरेट भवन बनाउने भएको छ ।

हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो । भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीन वटै भवनमा रातो स्टिकर टाँसेको थियो ।

रातो स्टिकर टाँसिएको ५ वर्षपछि बल्ल निगमले पुराना भवनह भत्काएर सोही ठाउँमा नयाँ भवन बनाउने तयारी थालेको हो ।

हालको पुरानो कार्यालय भवन भत्काउन शुरु भएपछि निगमको अस्थायी कार्यालय टेकुमा रहने भएको छ ।