५ कार्तिक २०८३, बिहिबार

ब्राजिलमा एकै दिन ३ हजार जना कोरोना संक्रमितको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ३ हजार जनाभन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरूले २४ घण्टाको अवधिमा भाइरसको संक्रमणका कारण ३ हजार २५१ जनाको मृत्यु भएको पुष्टि गरेका बीबीसीले उल्लेख गरेको छ । यो भाइरसका कारण एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो । बुधबार साँझसम्म भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार ६७६ पुगिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाइएको छ ।