८ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय प्रिपेड कार्ड कार्यान्वयनमा एनएमबि पहिलो बैंक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबि पहिलो बैंक भएको छ ।

उक्त प्रावधान अनुरुप अब एकै पटक वा पटक पटक गरी वार्षिक अमेरिकी डलर ५०० सम्म वा सो बराबर अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्डमार्फत अनलाइन कारोवार गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित खाता खोली विदेशबाट पाइने सुविधाहरू जस्तै अनलाइन प्रवाह हुने सेवाहरू (भारतमा बाहेक) जस्तै नेटफ्लिक्स, सपिङ्ग, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकको देशभरिका १८० शाखाहरूमा यो योजना सञ्चालनमा छ । जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ ।