काठमाडौं, १२ चैत । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरूलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड््काबीच सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा बैंकका सल्लाहकार छविराज पन्त तथा व्यवसाय प्रबर्द्धन शाखाका प्रवीन मुनी बज्राचार्यको उपस्थिती रहेको थियो ।















प्रतिक्रिया