८ कार्तिक २०८३, आइतबार

जेलमै पुगेर राजेन्द्र महतोले किन भेटे रेशम चौधरीलाई ?

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले कारागारमै गएर पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई भेटेका छन् ।

महतोले डिल्लीबजार कारागारमा पुगेर चौधरीलाई भेटेका हुन् ।

चौधरीले नेकपा एमालेसँग सत्ता सहकार्य गर्नै नहुने भनेको हल्ला बाहिर आएपछि महतोले कारागारमै गएर सत्यतथ्य बुझेका हुन् ।

चौधरीले भने आफूले यस विषयमा केही नबोलेको र बाहिर आएका हल्ला कपोकल्पित भएको जवाफ दिएका थिए ।

जसपामा एउटा धारले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारमा जानुपर्ने बताउँदै आएको छ ।