
काठमाडौँ, ११ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ ।
कोरोना संक्रमणको दर बढ्दै गएकाले फागु पूर्णीमाको दिनमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाएका छन् ।
यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
त्यस्तै, कोभिड १९ बाट बच्ने सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउन पनि पराजुलीले अपील गरेका छन् । सञ्चालित विद्यालयलगायत क्षेत्रमा अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् ।












प्रतिक्रिया