८ कार्तिक २०८३, आइतबार

बैंक अफ काठमाण्डू लिमिटेडको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा संचालनमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । ग्राहक महानुभावको सेवालाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ ।

यस मोबाईल बैंकिङ्ग सेवापश्चात् ग्राहक महानुभावलाई डिजिटल कारोबार गर्न अझउत्साहितगर्ने विश्वास बैंकले लिएको छ ।

विश्व बैंकिङ्ग बजारमा निकै नै परिचित यस ओम्नीच्यानल सेवा यस बैंक अफ काठमाण्डू लिमिटेडका खाताबहाक ग्राहक महानुभाव तथा यस बैंकमा खाता नभएका सम्पूर्ण महानुभावहरुले उपयोग गर्न सक्नुहुनेछ ।

यस परिस्कृत सेवाले हाल ग्राहक महानुभावहरुले अनुभव गरिरहेको विभिन्न समस्याहरुको निवारण गर्नेछ ।

हाल बैंकहरुले ग्राहक महानुभावहरुलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ता महानुभावहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ ।

यस परिस्कृत सेवाबाट ग्राहक महानुभावहरुले विभिन्न माध्यम मार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विधुत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, ग्राहक महानुभावहरु आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहक महानुभावहरुको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधिहरुसँग भेटको लागि समय मिलाउन, डिजिटल टोकनलिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवड भुलवस बिर्सिएमा आफैँले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटिएम सेवाहरुको जानकारी लिन, विदेशी विनिमय दरको जानकारी लिन आदि सेवाको उपयोग गर्न सकिनेछ ।