१३ कार्तिक २०८३, शुक्रबार

वुधबार १४५ जनामा कोरोना, ९० जना निको, एकको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १४५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८२ जना रहेको छ ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ४८ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

मंगलबार १८८ जनामा संक्रमण देखिएको थियो ।