
काठमाडौँ, ११ चैत । प्रहरीले रेडपाण्डाको छालासहित सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ जनालाई पक्राउ गरेको छ ।
अवैध तरिकाले रेडपाण्डाको शिकार गरेर छाला संकलन गर्ने ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका–२ घर भएका जगतबहादुर राई, सो गाउँपालिकाको वडा नम्बर–३ घर भएका मितुरधन राई र कविरशेखर राई छन् ।
इन्स्पेक्टर मन्दिप चौहान नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई रेड पाण्डाको छालासहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको घरबाट ७ थान रेड पाण्डाको छाला बरामद गरेको छ । उनीहरुले मकालु वरुण राष्ट्रिय निकुञ्जमा शिकार गरेर रेड पाण्डाको छाला संकलन गरेका हुन् ।
त्यस्तै, रेड पाण्डा मार्न प्रयोग गरिने ५ थान पासो पनि प्रहरीले बरामद गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–०२९ अनुसार पाण्डा मार्नेलाई ५ देखि १० लाख सम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद हुने व्यवस्था छ ।












प्रतिक्रिया