१३ कार्तिक २०८३, शुक्रबार

नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सर्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । नेकपा एमालेको केन्द्रीय कार्यालय अब थापाथलीमा सर्ने भएको छ ।

काठमाडौँको धुम्बाराहीमा रहेको कार्यालय चाँडै थापाथलीमा सर्ने भएको एमालेले जनाएको छ ।

चक्रपथ विस्तार गर्नुपर्ने भएपछि असहज हुने भएकाले केन्द्रीय कार्यालय सार्न लागिएको हो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयका लागि कुरा भइरहेको थापाथली हाइटमा रहेको उमङ्ग मार्गमा १३ कोठे घरको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओलीले निरीक्षणपछि कार्यालयका लागि अनुमति दिएकाले अब वुधबार नै दुईपक्षबीच भाडा सम्झौता हुने बताइएको छ ।

कार्यालय सार्न लागिएको घर एक व्यवसायीको भएको बताइएको छ ।