
काठमाडौँ, ११ चैत । नेपाली काँग्रेसको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक चैत २० गते बस्ने निर्णय गरेको छ ।
पूर्वपदाधिकारीसहित सोमबार बसेको पदाधिकारी बैठकमा यस्तो सहमति भएको हो ।
त्यस्तै, बैठकले पार्टीको सक्रिय सदस्यता वितरण तथा नवीकरणमा भएको ढिलाइलाई चैत २० गतेको बैठकले कार्यतालिका संशोधन गर्नेछ ।
देशभर १० लाख क्रियाशील सदस्य रहेको काँग्रेसको दावी छ ।
प्रतिनिधिसभा पुनर्स्थापनापछि काँग्रेसले केही पनि ठोस निर्णय लिन सकेको छैन ।












प्रतिक्रिया