८ कार्तिक २०८३, आइतबार

नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म खरीद गर्न सकिन्छ ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

बैंकले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य  १ हजार ५ सय दुई  रुपैयाँ ५० पैसा तोकिएको यस शेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ ।

ईच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७७ चैत्र ३ गतेदेखि मिति २०७७ चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा पुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।