९ कार्तिक २०८३, सोमबार

ट्यांकीभित्र लागुऔषध लुकाउने एक जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ११ चैत । मोटरसाइकलको ट्यांकीभित्र लागुऔषध लुकाएको अवस्थामा सर्लाही प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

नबलपुर-मलंगवा सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका ४ बाट विशेष सूचनाको अधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको तेल ट्यांकीमा लागुऔषध लुकाएको अवस्थामा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मलंगवाबाट नबलपुरतर्फ आउँदै गरेको बीआर३०एफ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा तेल ट्यांकीमा लुकाई राखेको क्लोरफेनिरेमाइन माइलिट ७ थान, कोडिन फस्फेट सिरप-वाइनक्यारेक्स लेखिएको ५९ बोतल फेला परेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

तेल ट्यांकीमा लागुऔषध लुकाउने मोटरसाइकल चालक बागमती नगरपालिका ४ बस्ने ४० वर्षीय आइते लामालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भइरहेको प्रवक्ता कुँवरले बताए ।