२ कार्तिक २०८३, सोमबार

डोर्सीद्वारा पहिलो ट्वीटको डिजिटल भर्जन बिक्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ११ चैत । ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्जन २.९ मिलियन डलर अर्थात् ३३ करोड ६० लाख नेपाली रुपियाँमा बेचेका छन ।

डोर्सीले दुई हप्ता पहिले आफ्नो ट्विटर पोस्टको लिलामी बिक्रीको घोषणा गरेको बीबीसीले जनाएको छ । डोर्सीले सन् २००६ मा पहिलोपटक ट्वीट गरेका थिए । जसमा लेखिएको थियो, ‘म आफ्नो ट्विटरको सुरुवात गरिरहेको छु ।’

भ्याल्युएबल बाइ सेन्टका अनुसार यो ट्वीटलाई ब्रिज ओरेकलका सीईओ सिना एस्टेवीले किनेका छन् । भ्याल्युएबल बाइ सेन्ट एक डिजिटल प्लेटफर्म हो जहाँ ट्वीटको लिलामी हुनेगर्छ ।

केही समयपछि मोनालिसाको चित्र जस्तै मानिसहरूको यस ट्वीटको पनि महत्व बुझ्ने एस्टेवीले ​बताए ।

१५ वर्ष पुरानो ट्वीटलाई एनएफटी अर्थात् नन फन्जिबल टोकनको रुपमा बिक्री गरिएको छ । एनएफजी कुनै पनि चिजको गुणस्तरीयताका आधारमा दिइने डिजिटल प्रमाणपत्र हो । डोर्सीले ट्वीट लिलामी मार्फतको रकम बिटक्वाइनमा प्राप्त गरेका छन ।

ट्वीट बिक्रीबाट प्राप्त रकम एक परोपकारी संस्था गिभ डाइरेक्ट्लीलाई दान दिइएको छ । यस संस्थाले कोरोना भाइरसका कारण आर्थिक समस्या झेलिरहेका अफ्रिकी परिवारलाई सहयोग गर्दै आएको छ ।