
काठमाडौँ, १० चैत । जर्मनीमा तीन साताका लागि लकडाउन थपिएको छ । कोभिड १९ को तेस्रो लहरका कारण जर्मनीले लकडाउन अवधि बढाएको हो ।
लकडाउनका कारण इस्टर चाड प्रभावित हुने भएको छ ।
बीबीसीका अनुसार क्षेत्रीय नेताहरूसँग छलफलपछि चान्सलर एन्जेला मर्केलले अहिलेको प्रतिबन्ध एप्रिल १८ सम्म लागु हुने बताएकी छन् ।
एप्रिल १ देखि ५ सम्म कडा प्रतिबन्ध लगाइने र पसलहरू बन्द गरिने छ ।
मर्केलले जर्मनी अहिले अत्यन्तै गम्भीर अवस्थामा रहेको बताएकी छन् ।
“सङ्क्रमण ज्यादै बढेको छ र सघन उपचार कक्षहरू भरिन थालेका छन्,” उनले भनिन् ।
गत २४ घण्टामा थप ७,४८५ जना सङ्क्रमित र २५० मृत्यु भएको जर्मनीमा सङ्क्रमण दर प्रति एक लाख जनसङ्ख्यामा १०० भन्दा बढी भएको छ।















प्रतिक्रिया