५ कार्तिक २०८३, बिहिबार

कोरोना संक्रमितको संख्या बढ्दो क्रममा, २४ घण्टामा थपिए १८८ जना संक्रमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८८ जना नयाँ संक्रमित थप भएका छन् ।

बितेको २४ घण्टामा देशभर ४ हजार ३२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २४४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको छ ।

कोरोना संक्रमितको संख्या क्रमश बढिरहेको भए पनि पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । सोमबारसम्मको विवरणअनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११२८ जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख ४५ हजार ३० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ११२८ जना आइसोलेसन र ४८ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या क्रमशः बढिरहेको छ । गत मंगलबार २७९० जनाको नमूना परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै बुधबार २७८१ जनाको नमूना परीक्षण गर्दा ९४ जना, बिहीबार ३२५४ जनाको नमूना परीक्षण गर्दा १०७ जना, शुक्रबार ३१६१ जनाको नमूना परीक्षण गर्दा १२५ जना र शनिबार २६३७ जनाको नमूना परीक्षण गर्दा ७९ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै आइतबार ३१८१ जनाको नमूना परीक्षण गर्दा ७७ जना, सोमबार ४४७२ जनाको नमूना परीक्षण गर्दा १५० जना र आज मंगलबार ४०३२ जनाको नमूना परीक्षणबाट १८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसबाट पछिल्लो केही दिनयता समग्रमा कोरोना संक्रमितको संख्या क्रमशः बढिरहेको देखिन्छ ।