५ कार्तिक २०८३, बिहिबार

केपी ओलीको स्पष्टीकरणपत्रबाट हामी तर्सिएका छैनौं : माधव नेपाल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिएको बताएका छन् ।

आज मंगलबार आफूपक्षका विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले स्पष्टीकरणको सामना गर्न तयार रहेको बताएका हुन् । उनले केपी ओलीले पठाएको स्पष्टीकरणपत्रलाई ‘कथित स्पष्टीकरण’ को संज्ञा समेत दिएका छन् ।

आफूहरु ओलीकोसामु घुँडा टेक्न वा आत्मसमर्पण गर्न तयार नभएको स्पष्ट पार्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजतन्त्रसँग साँठगाँठ गरेको आरोप समेत लगाएका छन् । ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन, अप्रत्यक्ष सहयोग गरुन हामी राजतन्त्र फर्किन दिँदैनौं,’ उनले भने ।

पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई बेग्ला–बेग्लै स्पष्टीकरण पत्र काटेर सम्बन्धित नेताको घर–घरमै पठाइएको छ ।