५ कार्तिक २०८३, बिहिबार

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा पनि देखियो कोरोना संक्रमण

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

फागुन २३ गते खोप लगाएका ७५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको टेकु अस्पतालले पुष्टि गरेको छ ।

अस्पतालका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने बताइएको छ ।

सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १–२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।