
मुगु, १० चैत । मुगम कमारोङ गाउँपालिका–५ सेरोकघाट बस्ने ३१ वर्षीय छिरङ तन्दुप लामाको काठको पुल बनाउने क्रममा पुलबाट खसेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित कर्णाली नदीमा काठको पुल बनाउने क्रममा अचानक पुलबाट खसेको प्रहरीले बताएको छ । घटनालगत्तै प्रहरी चौकी डोल्फु र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा खटिएको प्रहरीले उनको शव घटनास्थलबाट २०० मिटर टाढा फेला पारेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।















प्रतिक्रिया