८ कार्तिक २०८३, आइतबार

अजोड इन्स्योरेन्स, आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगदरहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा. लि.तथाआइएमई अटोमोटिभ्स प्रा. लि.सँग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दावीलाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स प्रा. लि .र आइएमई अटोमोटिभ्स प्रा. लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।