
काठमाडौं, ९ चैत । सञ्चारकर्मी बिष्णु ठकुरी र कलाकार अनुमति नेपालीको अभिनयमा म्युजिकल स्टोरी नाम दिइएको म्युजिक भिडियो ‘मनै फाट्यो नि’ सार्वजनिक भएको छ ।
धादिङको धुनिबेशी घर भएका ठकुरीलाई विभिन्न टेलिचलचित्रहरुमा समेत चर्चा कमाएकी कलाकार अनुमति नेपालीले साथ दिएकी हुन् । कोरोना भाइरस पोजेटिभ देखिएपछि यथार्थ कुरालाई अन्य कुरासँग जोड्दा भएको घटनाहरुलाई भिडियोमा देखाईएको छ ।
गीतमा प्रेम र बिछोडका कुरा प्रस्तुत गरिएको छ । भिडियो धादिङको विभिन्न स्थानमा छायाँकन गरिएको छ । गीतको भिडियोमा उदयराज शर्माको छायाँकन, सम्पादन र निर्देशन रहेको छ भने सुधा भण्डारी वाग्ले यसका निर्माता हुन् ।
रमाकान्त वाग्लेको शब्द तथा स्वर रहेको उक्त गीतमा विकास चौधरीको संगीत र संगीत संयोजन रहेको छ ।
भिडियो हेर्नुहोस्–















प्रतिक्रिया