
काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ सहयोग उनको परिवारले अस्वीकार गरेको छ ।
जोशीका सहयोगी पुष्कर पाण्डेले उपचारमा सहयोग गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिँदै सो रकम विपन्न वर्गको उपचारमा खर्च आग्रह गरेको जनाएका छन् ।
मष्तिष्कघात भएर नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।















प्रतिक्रिया