५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया र स्वदेशी लघुवित्त वित्तीय संस्थाले थाले एकीकृत कारोबार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले आज आइतबारदेखि एकीकृत कारोबार शुभारम्भ गरेका छन् ।

एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्य गरेपश्चात ‘एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोवार शुभारम्भ गरिएको हो । जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र सुनसरीको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाबीच गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी कार्य पूरा गरेसँगै एकीकृत कारोबार शुरु भएको हो ।

गत साउन ३२ गते यी दुई संस्थाबीच गाभ्ने/गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो भने गत कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो । त्यसपछि गत पुस १० गते गाभ्ने/गाभिनेसम्बन्धी अन्तिम सम्झौता भएसँगै सोही प्रयोजनका लागि माघ ४ गते छुट्टाछुट्टै वार्षिक साधारणसभा समेत सम्पन्न भएको थियो ।

उक्त वार्षिक साधारणबाट पारित विशेष प्रस्ताव बमोजिम एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्य गर्न अन्तिम स्वीकृति प्राप्त भए अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ गरिएको संस्थाका अध्यक्ष कपिल ढकालले जानकारी दिए ।