
लमजुङ, ८ चैत । लमजुङको बेंसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको छ ।
लमजुङ बेंसीशहरबाट मनाङ जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मर्स्याङदी नदीमा खस्दा ६ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र ७ वर्षीया लिउन गुरुङको मृत्यु भएको छ ।
त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेंसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।
त्यस्तै उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो–१ का तीन वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाइते दुईजना सोही ट्रक चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका ७ वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया