काठमाडौं, ८ चैत । सनराइज म्युचुअल फण्डअन्तरगत सञ्चालन हुने “सनराइज ब्लूचिप फण्ड”को साधारण शेयर खुल्ला भएको छ ।
सनराइजले चैत ८ गतेदेखि फण्डमा न्युनतम १ सयदेखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘प्रति इकाई मूल्य रु. १० का दरको १० करोड इकाईमध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबर्द्धक सनराइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरूमा निष्काशन तथा बिक्री खुल्ला भइरहेकोमा भोलि मिति २०७७ चैत्र ८ गते आइतबार बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिने क्यापिटलले जानकारी गराएको छ’, विज्ञप्तिमा भनिएको छ ।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिनेछ ।















प्रतिक्रिया