काठमाडौं, ८ चैत । एमालेले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ ।
०७२ को भूकम्पका कारण भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउने निर्णय भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १२औँ केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
२०५३ मा निर्माण गरिएको एमालेको पार्टी मुख्यालय भूकम्पले क्षति भएपछि धुम्रबराहीमा सारिएको थियो ।
पुरानो कार्यालयको करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ । पार्टी कार्यालय बनाएर छिटो सर्ने एमालेले जनाएको छ ।











प्रतिक्रिया