
काठमाडौँ, ७ चैत । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ ।
शनिबार नै संसदीय दलको बैठक सकिएको केही समयपछि केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
बैठकमा माधवकुमार नेपाल समूह सहभागी छैन । त्यस्तै, संसदीय दलको बैठकमा सहभागी भएका वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भने अनुपस्थित छन् ।
गौतम उपचारका लागि निस्किएका हुन् ।
संसदीय दलको बैठकले संशोधित विधान पारित गरेको छ । त्यही विधान केन्द्रीय कमिटीबाट अनुमोदन गरिने बुझिएको छ । उता नेपाल पक्षले भने विरोध जनाउँदै आएको छ ।












प्रतिक्रिया