६ मंसिर २०८३, आइतबार

एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै, नेपाल–खनाल समूहद्वारा बहिस्कार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । मुलुकको पछिल्लो अवस्था र पार्टीभित्रको विवादका विषयमा छलफल गर्न नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ । केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्नेछ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्ने बैठक बोलाएका हुन् ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले भने ओलीले बालुवाटारमा बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् ।

शुक्रबार काठमाडौंमा बसेको नेपाल(खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

बैठकमा अनुपस्थित हुँदै आएका उपाध्यक्ष वामदेव गौतमले आफू ओलीले बोलाएको आजको बैठकमा सहभागी हुने जानकारी गराएका छन् ।