काठमाडौं, ७ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरिको मौसम बद्ली हुने जनाएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरिको मौसम बद्ली हुने महाशाखाले जनाएको छ ।
प्रदेश १ बाहेक अरु ठाउँमा बादल लागेको छ । प्रदेश १ मा दिउँसोपख बद्ली हुने सम्भावना छ ।
दिउँसो देशका पहाडी ठाउँमा पानी पर्ने सम्भावना छ । केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।











प्रतिक्रिया