२ कार्तिक २०८३, सोमबार

म्यानमारमा बीबीसी पत्रकार बेपत्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । म्यानमारस्थित बीबीसी समाचारदाता बेपत्ता भएका छन् । बीबीसीका अनुसार अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको जनाएको छ ।

‘म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्’ बीबीसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

बीबीसीले उनको खोजी तथा उनी सुरक्षित रहेको पुष्टि गर्न सम्पूर्ण अधिकारीहरुलाई आह्वान गरेको छ ।

त्यस्तै, बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका छन् । उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ । म्यानमारमा गत फेबु्रअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ ।

आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । हालसम्म ४० जना पत्रकारहरुलाई त्यहाँको सेनाले पक्राउ गरेको जसमा १६ जना अझै हिरासतमै छन् भने ५ वटा सञ्चार संस्थाको अनुमति खारेज गरेको छ ।

सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ ।