८ कार्तिक २०८३, आइतबार

उत्पादनमूलक उद्योग खोल्नुस् सरकारले सोचभन्दा बढि सहयोग गर्छ: प्रधानमन्त्री ओली

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरुलाई उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने खालका उद्योग स्थापनाका लागि आह्वान गरेका छन्

प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारका तर्फबाट सबै सहुलियत र कानूनी प्रवन्ध सरकारले गर्ने विश्वास दिलाए ।

उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म आयात गर्ने कुरालाई म खास व्यापार ठान्दिनँ । निर्यात खास व्यापार हो । उत्पादन गरेर पठाउनुस, सरकारले बढिभन्दा बढि सुविधा दिन तयार छ ।’

अटोमोबाइल्समा धेरै कर भएको गुनासोमा प्रधानमन्त्री ओलीले यहीँ त्यसको उद्योग खोल्न आग्रह गरेका हुन् ।

ओलीले भने, ‘अटोमोबाइल्स यहीँ खोल्नुस, सोचेको भन्दा बढि सुविधा दिइन्छ । अहिले हामीलाई विदेशबाट सबै चिज आयात गर्दा घाटा परेको छ ।’

ओलीले भन्सार उच्च हुँदा पनि नेपालका सडकमा गाडी खचाखच भएको बताए ।

‘अहिले पनि बाटोमा खाँदाखाँद गाडी छन् । साँच्चै ट्याक्स हल्का गर्ने हो भने १० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्ने अवस्थामा जसले पनि किन्न सक्छ । उस्तै परे म पनि किन्छु एउटा गाडी । अनि के होला ट्राफिक ?’