८ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा रुपन्देहीको योगिकुुटी हाटबजारमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । माछापुच्छ्रे बैंकले रुपन्देहीको तिलोत्तमा स्थित योगिकुुटी हाटबजारमा क्यूआर कोड सेवा सुुरु गरेको छ ।

बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक सुुदिप फुुयालले उक्त स्थानमा क्युुआरकोड सेवाको सुरुवात गरेका हुन् ।

क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्युुआर कोड बाट भुक्तानी गर्न सक्नेछन् ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुप्रै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आ क्रामक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।