१३ कार्तिक २०८३, शुक्रबार

शुक्रबार १२५ जनामा कोरोना, १२३ जना निको, एकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १२५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १२३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३० जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या एक हजार एक जना रहेको छ ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ३० हजार ७ सय ८ जनाको पीसीआर परीक्षण भइसकेको छ ।